निशेषलाई स्वर्ण


आयोजक दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका निशेष मिर्चिङ मगरले प्रथम दीपिल स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पुरुष ५४ केजीमुनि शुक्रबार स्वर्ण जितेका छन् । सोही दिन आयोजकका करण तामाङले पुरुष २५ केजीमुनि तथा अस्मिता तामाङले महिला ४४ केजीमुनि स्वर्ण हात पारे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । त्रिपुरेश्वरमा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न १३ डोजाङका १ सय ८० खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । तेक्वान्दो खेलाडी स्व. दीलिप केसीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । केसीको दुई वर्षअघि रेबिजका कारण १२ वर्षको उमेरमा निधन भएको थियो ।

Comment