अल्ट्रा धाविका राई र पण्डित सम्मानित


नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राई र सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई सम्मानीत भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको चौथो साधारण सभाको अबसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजार सहित प्रशंसा पत्र र पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

Comment