नेपालय फाइनलमा

साविक विजेता नेपालय छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेको छ । सानोगौचरणमा भएको पहिलो सेमिफाइनलमा नेपालयले एक्ता जेम्सलाई टाइब्रेकरमा ४–० गोलले पराजित ग¥यो । नेपालयले छहारी शिक्षा सदन र तारा सदनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
संस्थागत विद्यालय संघ, नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा आकाशदीपले कान्तिपुर एकेडेमीलाई १–०, अरुणिमाले तारा सदनलाई ४–० तथा एम्बासडरले चाल्र्स डार्विनलाई १–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Leave A Response