नेपाल सेमिफाइनलमा पराजित

junior tennis team
कतारमा जोरी एसियन जुनियर टेनिस प्रतियोगिताको सेमिफाइनलमा नेपाल यमनसंग २–१ ले पराजित भएको छ । संरक्षक भुषण बज्राचार्यले खेल जिते पनि रेन्जन लामा पराजित भए पछि सेमिफाइनलको निर्णय डबल्स खेलबाट भएको थियो । पहिलो सेट ६–१ ले पराजित नेपालले दोस्रो सेटमा राम्रो खेले पनि सेट प्वाइन्टको उपयोग गर्न नसके पछि ७–५ ले पराजित भएको प्रशिक्षक सुर्य भुषण बज्राचार्यले बताएका छन् । लिककम नकआउटको आधारमा भएको प्रतियोगितामा नेपालले तेस्रो स्थानमा लागि जोर्डनसंग खेल्ने छ ।
भारतसंग पराजित नेपालले कतार, साउदी अरेबीया र काजकस्तानलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

Comment