जेनिअम र न्यु भिजनलाई फिजम कप


जेनिअम नेसनल एकेडेमी र न्यु भिजन एकेडेमीले प्रथम फिजम कप अन्तरविद्याल बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेनिअमले हिमालय इङलिस बोर्डिङ स्कुललाई ५५–४० ले पराजित ग¥यो । जेनिअमका सुजन कार्कीले सर्वाधिक २० अंक जोडे ।कोटेश्वरस्थित घरेलु कोर्टमा भएको गल्र्सको फाइनलमा न्यु भिजनले गेट्वे एकेडेमीलाई २८–१६ ले हरायो । न्यु भिजनको जितमा लक्ष्मी श्रेष्ठले १३ अंक योगदान गरिन् ।
ब्वाइजमा ग्रामर पब्लिक स्कुलले स्वर्णिम तारालाई ३७–२८ ले पाखा लगाउदै तेश्रो भयो । ग्रामरका रमन नापितले १७ स्कोर गरे । गल्र्समा तेश्रो भएको लाइसियम प्याराडाइसले ग्रामरलाई १९–१४ ले पन्छायो । लाइसियमकी यशोदा खड्काले ५ अंक जोडिन् ।
ब्वाइजमा जेनिअमका विष्णु बस्नेत र गल्र्समा न्यु भिजनकी लक्ष्मी श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ दुवैलाई ओलम्पिया वल्र्ड कलेजका प्रमोटर आरडी भट्टले प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । ब्वाइजमा स्वर्णिम र गल्र्समा ग्रामरले ‘फेयर प्ले’ ट्रफी हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव एवं प्राविधिक निर्देशक नरेन्द्र थापा, फिजमका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पराजुली, फिजमका सचिव अमृतकुमार खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १२ र गल्र्समा ८ टिम सहभागी थिए ।

Comment