त्रीदेशिय मोटर ¥यालीको धनकुटाबाट सुरु


पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत हिमालयन ड्राइभ मोटर ¥याली धनकुटाको हिलेबाट सिलगुढी प्रस्थान गरेको छ । नेपाल–भारत–भुटान त्रीदेशिय मोटर ¥यालीमा नेपालका ४ गाडीमा ८ ड्राइभर र को–ड्राइभर सहभागी छन् । भारतका ३६ गाडीमा ७२ ड्राइभर र को–ड्राइभरले सहभागिता जनाएका छन् । तीन वटै देशका व्यवस्थाक र ¥याली ड्राइभरसहित १ सय ७० जना सहभागी छन् । २४ फागुनमा भारतको सिलगुढीबाट शुरु भएको ¥याली भुटानको पारो र थिम्पुसम्म पुगेको थियो । त्यहाँबाट भारतको दार्जिलिङ हुँदै नेपालको धनकुटा, हिले बजारसम्म आइपुगेको थियो । १८ फागुन साँझ हिले बजार आइपुगेको टोलीलाई १९ फागुन बिहान एक कार्यक्रम गरी सिलगुढी प्रस्थानका लागि बिदाई गरिएको छ । ¥याली सिलगुढीमा पुगेर समापन हुनेछ ।
हिले बजारमा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, माउन्टेन स्पोट्र्स फेडेरेसन, नेपालका उपाध्यक्ष मनबहादुर न्यौपानेलगायतले प्रत्येक कारलाई बिदाई गरेका थिए । कार्यक्रममा नेपाल गल्फ संघका सचिव चन्द्र राई, क्षेत्रिय खेलुकद विकास समितिका सदस्य गणेश बुढाथोकी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पूर्वाञ्चल प्रमुख टेकप्रसाद कट्टेल, राखेपका अधिकृत ओमनाथ न्यौपानेलगायतको उपस्थिति थियो । सोही ¥यालीको शुभारम्भ अवसरमा पाँचौं पर्वतीय खेलकुद महोत्सवको विधिवत उद्घाटन समेत भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायतका एक दर्जन राष्ट्रिय संघले प्रत्येक बर्षको मार्च महिनामा साहसिसक खेल आयोजना गर्दै आएका छन् । त्यसमध्येकै एक श्रृङ्खला त्रीदेशी मोटर ¥याली भएको माउन्टेन स्पोर्टस् फेडेरेसन, नेपाका महासचिव गोविन्द भट्टराईले जानकारी दिए । उनका अनुसार गल्फ, प्याराग्लाइडिङ, साइक्लिङ, क्रस कन्ट्री दौड, ट्रायथलनलगायतका खेल मार्च महिनाभर हुनेछन् । यसअघि त्रिशुली नदीमा ¥याफिङ प्रतियोगिता सम्पन्न भएको उनले जानकारी दिए ।
‘सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग मिलेर हामीले प्रत्येक बर्षको मार्च महिनामा विभिन्न १२ वटा साहसिक खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौं’ भट्टराईले भने, ‘त्यसकै निरन्तरता स्वरुप त्रीदेशिय मोटर ¥याली आयोजना भएको हो ।’ पूर्वाञ्चलको पहाडी बाटोमा आयोजना भएको साहसिक मोटर ¥यालीले यस क्षेत्रको पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न सघाउ पुगेको उनले जानकारी दिए । मोटर ¥याली भारतको जस्ट स्पोर्टस् क्लबको आयोजना र नासा पूर्वाञ्चलको सहकार्यमा संचालन भएको हो । मोटर ¥याली बिजेताले भारु १ लाख र दोस्रो तथा तेस्रो हुनेले क्रमशः ५० हजार भारु र २५ हजार भारु नगद पुरस्कार पाउनेछन् ।
मोटर ¥याली आयोजनाका लागि विभिन्न गाडी निर्माता कम्पनीले लामो दुरीमा सहजै यात्रा गर्ने क्षमताका कार उत्पादन बढाउँदै लगेको पाइन्छ । लामो दुरीमा आरामदायी ढङ्गले यात्रा गर्न सक्ने कार उत्पादन भएका कारण पछिल्ला दिनमा मोटर ¥याली आयोजना गर्दा सहजता महसुस गरिएको आयोजकको भनाई छ ।
धनकुटामा स्वागत
¥यालीमा सहभागी ड्राइभर, को–ड्राइभर र व्यवस्थापकलाई धनकुटाको हिले बजारमा आयोजक नेपाल अटोमोबाइल एसोसिएसन (नासा)को पूर्वाञ्चल क्षेत्रिय कार्यसमितिले स्वागत गरेको थियो । धरान, भेडेटार हुँदै साँझ हिले बजार आइपुगेको टोलीलाई होराइजन माउन्टेन रिर्सोटमा सास्ंकृति कार्यक्रम गरी मनोरञ्जन प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारले लोक संस्कृति, वेस्टर्न–अमेरिका डान्स, मुण्डा डान्स, म्याड हिपहप, हिन्दी रिमिक्सलगायतका नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नासा पूर्वाञ्चलका अध्यक्ष कबिन श्रेष्ठले तीन देशका ¥याली ड्राइभरलाई एउटै इभेन्टमा सहभागी गराउन सक्नु ऐतिहासिक भएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । ‘यो ऐतिहासिक इभेन्टमा सहभागी सबैलाई धन्यवाद र आगामी दिनमा पनि यस्तै इभेन्ट गर्ने प्रेरणा मिलेको छ’ उनले भने ।

Comment