लमजुङ्गमा स्वयम्भुको सफलता

लमजुङ जिल्ला गोजुकाइ कराँते संघद्वरा आयोजना गरिएको “दोस्रो राष्ट्रिय गोजुकाइ केन्बुकान” कराँते प्रतियोगितामा   ८ स्वर्ण, ५-रजत, ५-कास्य गरि जम्मा १८ पदक सहित  फूर्पा सिंह तामाङ्गको नेतृत्वमा रहेको स्वयम्भू डोजो  टिम च्याम्पियन भएको छ ।   डोजो सहायक प्रकाश राईको नेतृत्वमा  सहभागी टोलीका सन्देश लामा, सारदा सुनार, रेश्मा तामाङ, बरुन लामा, बिपिन राई, बिशल लामा, अन्जली तामाङ र बिनिता कार्कीले स्वर्ण पदक जिते । सारदा सुनार, अप्सरा लम्साल, कृतन महर्जन, पवन थापा र आर्यन लामाले रजत पदक जिते । निर्सला तामाङ, रेश्मा तामाङ, निरुता राइ बिश्वास मगर र प्रशन्त गुरुङले काश्य पदक जिते ।सोही टोलीका  सन्देश लामा बेस्ट फाइटर घोषित भए ।

Comment