न्यु भिजन र गेट्वे फाइनलमा

न्यु भिजन एकेडेमी र गेट्वे एकेडेमी प्रथम फिजम कप अन्तरविद्याल बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु भिजनले लाइसियम प्याराडाइसलाई ३२–२४ ले पराजित ग¥यो । न्यु भिजनकी लक्ष्मी श्रेष्ठले २४ अंक जोडिन् । एनी तामाङको ८ अंक सहयोगमा गेट्वेले ग्रामर पब्लिक स्कुललाई ११–९ ले हरायो ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा जेनिअम नेसनल एकेडेमी र हिमालय इङलिस बोर्डिङ स्कुल उपाधिका लागि भिड्ने भएका छन् ।
जेनिअमले ग्रामरमाथि ३०–२७ को कठिन जित दर्ता ग¥यो । जेनिअमको जितमा विष्णु बस्नेतले १२ अंक योगदान गरे । हिमालयले स्वर्णिम तारा विद्या सदनलाई २५–२२ को साँघुरो अन्तरले पाखा लगायो । हिमालयका जोन सुनुवारले १३ अंक जोडे । फाइनल बिहीबार हुनेछ ।

Comment