प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलको उपाधि रेल्वेलाई


नेपालगन्ज । प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रेल्वेले जितेको छ । साबिक बिजेता रेल्वेले साबिक उपबिजेता एपीएफ क्लबलाई ३–० को सेटमा हराउदै उपाधि रक्षा गरेको हो । बुधवार भएको फाइनल खेलको अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा रेल्वेले एपीएपलाई २७–२५ ले हरायो । पहिलो सेट जितेर उच्च मनोबलका साथ कोर्टमा प्रवेश गरेको रेल्वेले दोश्रो सेट २५–१७ ले जित्दा तेश्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । नेपालगंज कर्भडहलमा तेश्रो स्थानको लागि भएको खेलमा पुलिसले आर्मीलाई ३–१ ले पराजित ग¥यो । पुलिसले पहिलो तेश्रो र चौथो सेट क्रमशः २५–१८,२५–१५ र २५–२३ ले आफ्नो नाममा लेखाउदा दोश्रो सेट आर्मीले २५–२० ले जित्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रेल्वेकी अनुश्री घोषले सर्वोउत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १० हजार रुपैया प्राप्त गरिन् । त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाईकरमा एपीएफकी सरस्वती चौधरी,उत्कृष्ट ब्लकरमा एपीएफकी उषा बिष्ट, उत्कृष्ट सर्भरमा एपीएफकै नेबिका चौधरी चुनिए भने उत्कृष्ट सेटरमा रेल्वेकी रिचु म्यारी र उत्कृष्ट डिफेन्सको उपाधि रेल्वेकै पिरोस्मिता बापरीले जितिन् । बिजेता टिम तथा खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल लगायतले पुरस्कार प्रदान गरे । लिगकम नकआउटको आधारमा संचालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गरे । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

Comment