ज्ञान कप फुटबल बुधबारदेखि

ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल स्कुलको आयोजनामा ज्ञान कप अन्तरविद्यालय जुनियर ब्वाइज फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ५ टिमको सहभागिता रहने ज्ञानोदयका सिनियर भाइस प्रिन्सिपल भानु एले जनाएका छन् । साविक विजेता ज्ञानोदयसहित सुदेशा, हिमालयन आदर्श, लिटिल एन्जल्स र गुरुकुलले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा सर्वाधिक अंक ल्याने टिम विजेता बन्नेछ ।

Comment