रिम्सको जित

डिफेन्डिङ च्याम्पियन रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) ले छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार जित हात पारेको छ । रिम्सले हाइली क्रिएटिभलाई ४–० गोलले पराजित ग¥यो । रिम्सका लागि चारै गोल अशोक तामाङले गरे । ब्वाइजकै अर्को खेलमा एक्ता जेम्सले जीवन तारालाई २–० गोलले हरायो । एक्ताका शंकर लिम्बू र कमल खड्काले गोल गरे ।
संस्थागत विद्यालय संघ, नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा पिस नेपाल र एक्ता जेम्सले सफलता पाए । पिस नेपालले रिम्सलाई टाइब्रेकरमा ४–३ गोलले हरायो भने एक्ता जेम्सले चाल्र्स डार्विनलाई ३–० ले पाखा लगायो ।

Comment