न्यु भिजन सेमिफाइनलमा

न्यु भिजन एकेडेमी प्रथम फिजम कप अन्तरविद्याल बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु भिजनसंगै ग्रामर पब्लिक, लाइसियम प्याराडाइस र गेट्वे एकेडेमी पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । न्यु भिजनले नेपाल तारा स्कुललाई १८–९ ले पराजित ग¥यो । विजेताकी स्वीकृति पराजुलीले ६ अंक जोडिन् । सुविता सुवेदीको ६ अंक सहयोगमा ग्रामरले मोनास्टिक पब्लिकलाई १०–६ ले हरायो । लाइसियमले भीमेश्वर एकेडेमीलाई १७–८ ले निराश पा¥यो । लाइसियमको जितमा यशोदा खड्काले ९ स्कोर गरिन् । हिमालय विरुद्धको खेलमा गेट्वे ११–९ ले विजयी भयो । गेट्वेकी एनी तामाङले ६ अंक बटुलिन् ।
ब्वाइजमा हिमालय, ग्रामर, जेनिअम नेसनल एकेडेमी र स्वर्णिम तारा विद्या सदनले सेमिफाइनल यात्रा तय गरे । हिमालयले दीपिका स्कुललाई १७–११ ले पाखा लगायो । हिमालयका कृष्णहरि थापाले ७ अंक जोडे । ग्रामरले गेट्वेको चुनौती ३१–१८ ले समाप्त पा¥यो । ग्रामरको जितमा सौगात राईले ९ अंक योगदान गरे ।
जेनिअमले मोनास्टिकमाथि ४५–२० को सहज जित दर्ता ग¥यो । जेनिअमका लागि रुपक गुरुङले सर्वाधिक ११ अंक जोडे । स्वर्णिमले न्यु भिजनलाई २६–१३ ले पन्छायो । विजेताका सुरज बस्नेतले ९ स्कोर गरे ।

Comment