आर्मी सेमिफाइनलमा

नेपाल आर्मी क्लब बुटवलमा जारी त्तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । मंगलबार भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । आर्मीले २० औ मिनेटमा विवेक बस्नेतको गोलमा अग्रता लीएको थियो । ३८ औ मिनेटमा राजिव गुरुङ्गले गोल गरे । पुलिसका लागि ७८ औ मिनेटमा निर कुमार राइले गोल गर्दै अन्तर घटाए पनि ८३ औ मिनेटमा आर्मीका दिप लामाले गोल गरे ।

Comment