वेस्ट अफ लक सिद्धान्त


सन् १९९८ को १४ जुलाइमा मोरक्कोका हिचाम एल गेराउजीले इटालीको रोममा ३ मिनेट २६ सेकेन्डमा कुदेर १ हजार ५ सय मिटर मिटर पुरुष दौडमा बिश्व कीर्तिमान कायम गरेका थिए । अत्यन्त ट्याक्टीकल मानीने यस स्पर्धामा रियो ओलम्पिकको रेसमा म्याथ्यु सेन्ट्रोविजले ३ मिनेट ५० सेकेन्डमा रेस पुरा गर्दै स्वर्ण पदक जितेका थिए । अनी कास्कीका सिद्धान्त अधीकारीको उत्कृष्ट समय ३ मिनेट ४६.३८ सेकेन्ड । सिद्धान्तको आगामी खेल जिवनको बाटो केही समयले तय गर्नेछ , केही उनको आफ्नै मिहेनतले । तर, यो तथ्यांक काफी छ, सिद्धान्त समाचार लेखकका लागि  गौरवका साथ लिइने नाम हुन् भन्नका लागि ।
छैटौ राष्ट्रिय खेलकुदका दुइ स्वर्ण पदकधारी सिद्धान्त केही समय पछि नेपाली खेलकुदबाट हराए । तीनै सिद्धान्त अहिले एसियाली खेलकुदमा छाउने तरखरमा छन् । भारतीय सेनामा आबद्ध भएको केही समय पछि उनले फेरी प्रशिक्षणलाई निरन्तरता दिए । नेपाली खेलकुदमा “ पाथ क्रीएटर”, एकडेमी र इन्सटीच्युसनका कुरा गौण मानीन्छन् । खेलकुदलाई हल्का मनोरञ्जन ठान्ने नेपालमा खेलकुदलाई विज्ञानको पाटो मान्ने कमै छन् । तथापी नेपालमै रहदा प्रशिक्षक यमन रञ्जित लगायतको उपश्थिती उनको जिवनमा महत्वपूर्ण सावित भयो ।
समयको बेगले भारतीय सेनामा आबद्ध हुदा सिद्धान्तले के सोचेका थिए, त्यो उनले नै जान्ने कुरा हो । तर, अहिले सिद्धान्त आफैले बनाएको पाथमा हिडीरहेका छन् । जुन पाथको गन्तब्यमा उनी पुग्नेछन् भन्ने बिश्वास उनका शुभेच्छुकले गर्ने नै छन् । समयको गती जता पुगे पनि ३मिनेट ४६.३८ सेकेन्डका यी ब्वाइको समयले भन्छ, उनी अस्वभाबिक क्षमता र प्रतिभा हुन् । साथै खेल सञ्चारकर्मीले स्वकिार्नु पर्ने तथ्य यो पनि हो की चिनजानी भएका मध्यको सम्भवतः सबैभन्दा माथिल्लो उचाइको खेल ब्यक्तित्व सिद्धान्त नै हुन् ।
१४ मे २०१७ मा भारतीय राष्ट्रिय च्याम्पियनसीप हुने छ । यसको सफलताले उनलाई पाए उनले जुलाइमा राचीमा हुने एसियन च्याम्पियनसीपमा सहभागिताको अबसर पाउने छन् । अहिलेको समयमा चार सेकेन्ड घटाउदै ३ मिनेट ४२ सेकेन्ड मा झार्ने उनको पहिलो लक्ष्य । सन् २०१७ मा ३ मिनेट ४० सेकेन्डमा घटाए एसियाली स्तरमा पदक जित्ने उनको अनुमान हो । त्यसो त ओलम्पिकको समय हेरेर उनी हौसिएका छैनन् उनलाई थाहा छ, त्यस खाले स्लो ट्याक्टीकल रेसमा यस्तो यदाकदा हुने गर्छ । ओलम्पिकको फाइनलमा नै ३ मिनेट ३२ सेकेन्ड भन्दा कम समयमा कदीसकेका १२ जना धाबक थिए । यहाँसम्म नपुगी बिश्व स्तरीय धाबक हुने कल्पना सायद उनी पनि गर्दैनन् । तर, उनी आशाबादी छन् एसियन च्याम्पियनसीपमा ३ मिनेट ४० सेकेन्ड समय र पदकले उनलाई बिश्वस्तरीय प्रशिक्षणको बाटो खुला गर्ने छ ।
आफैले बनाएको पाथमा हिडीरहेका सिद्धान्तलाई सबैको अग्रीम शुभकामना ।तस्बिरः सिद्धान्तको फेसबुकबाट

Comment