मनीकलाबाट दुवै रेस पुरा


नेपालकी मनीकला राइले आठौ एसियन विन्टर खेलकुदमा सहभागिता जनाएको दुवै स्पर्धामा रेस पुरा गर्न सफल भएकी छिन् । दुइ दिन अघि सम्पन्न १५ किलोमिटर क्रसकन्ट्री मनीकलाले ५९ मिनेट १०.९ सेकेन्डमा पुरा गरेकी हुन् । जापानको सापोरामा भएको एसियन विन्टर खेलकुदको आठौ संस्करणमा नेपालका मनीकला सहित सफलराम श्रेष्ठ र संगीता लामाले सहभागिता जनाएका थिए ।
महोत्सबमा ३२ देशका १२०० भन्दा बढी खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । राइले प्रतियोगितामा सहयोग गर्ने नेपाल ओलम्पिक कमिटी, नेपालका सेभ द मिसन तेज गुरुङ्ग ,जापानका स्वंय सेवक लगायत आफूप्रति शुभेच्छा राख्ने सम्पूर्ण नेपाली प्रति आभार ब्यक्त गरेकी छिन् ।

Comment