आकाशदीप विजयी

आकाशदीपले छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा सोमबार जित हात पारेको छ । सानौगौचरणमा भएको प्रतिस्पर्धामा आकाशदीपले मेरिल्यान्डलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । ब्वाइजकै अर्को खेलमा पिस नेपालले केब्सलाई ४–१ ले हरायो ।
संस्थागत विद्यालय संघ, नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा एक्ता जेम्स र तारा सदन दुवैले टाइब्रेकरमा सफलता हात पारे । एक्ता जेम्सले हाइली क्रिएटिभलाई ५–४ तथा तारा सदनले होली एन्जल्सलाई ४–३ ले पाखा लगाए ।

Comment