विशेषज्ञ नियुक्त गर्ने निर्णय


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पदपूर्ति समितिको बैठकले कर्मचारी सेवा शर्त नियमावली अनुसार समितिलाई आवश्यक पर्ने एक जना विशेषज्ञ नियुक्त गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव समेत रहेका समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं समितिका सदस्य–सचिव सुरेश ढुंगानाले जनाएका छन् । त्यस्तै समितिले परिषद्मा मौजुदा स्वीकृत निर्णयसहितको दरबन्दी संख्या र स्वीकृत दरबन्दी भित्र रिक्त पद तथा श्रेणीसहितको संख्या परिषद्संग माग गर्ने निर्णय पनि गरेको समितिले जनाएको छ ।

Comment