क्याम्ब्रिज च्याम्पियन


काठमाडौं निर्वाचन क्षेत्र नं. १ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको उपाधि क्याम्ब्रिज पब्लिक स्कुलले सोमबार जितेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतन दोश्रो र पिस प्वाइन्ट तेश्रो भए । भलिबलको छात्र र छात्रा दुवैमा क्याम्ब्रिज पहिलो भए । छात्रमा ज्ञान निकेतन र छात्रामा पिस प्वाइन्ट दोश्रो बने ।
कबड्डीको छात्रमा क्याम्ब्रिज नै उपाधि हात पार्न सफल भयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा, क्याम्ब्रिजकी प्रिन्सिपल रिता राई दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसैबीच क्षेत्र नं. ३ को उपाधि रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) ले हात पा¥यो ।

Comment