जेनिअम र गेट्वे क्वाटरफाइनलमा


जेनिअम नेसनल एकेडेमी र गेट्वे एकेडेमी प्रथम फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोटेश्वरस्थित न्यु भिजन एकेडेमीको कोर्टमा भएको खेलमा जेनिअमले हिमालयन विद्या मन्दिरलाई ३९–१८ ले पराजित ग¥यो । जेनिअमका लागि सुजन तामाङले सर्वाधिक १३ अंक जोडे । गेट्वेले नेपाल तारालाई ४४–१८ ले सजिलै हरायो । विजेताका अन्जन महतले १८ अंक जोडे ।
ब्वाइजमै स्वर्णिमले मोनास्टिकलाई २९–१४ तथा दीपिका स्कुलले भीमेश्वर एकेडेमीलाई २५–१९ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । स्वर्णिमका आलोक यादवले ८ तथा दीपिकाका सिद्धार्थ थपलिया र भुषन कार्कीले समान ६–६ स्कोर गरे । गल्र्समा न्यु भिजनले गेट्वेलाई २४–११, ग्रामरले भीमेश्वरलाई १४–१०, हिमालयले नेपाल तारालाई २४–१२ तथा लाइसियम प्याराडाइसले मोनास्टिकलाई १४–८ ले निराश पारे । न्यु भिजनकी लक्ष्मी श्रेष्ठले १६ तथा ग्रामरकी सुविता सुवेदी, हिमालयकी स्नेहा खड्का र लाइसियमकी यशोदा खड्काले समान ८–८ अंक जोडे ।

Comment