किरणको उत्कृष्ट प्रदर्शनले मनाङ्गको हार

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोंगको उत्कृष्ट प्रदर्शनको सहयोगमा शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दीभ्सको टिसी स्पोर्ट्सले मनाङ्ग मस्र्याङ्गदी क्लबलाई १–० ले पराजित ग¥यो । सोमबार भएको खेलमा टिसी स्पोर्ट्सका लागि ८३ औ मिनेटमा नफीइया अलीले गोल गरे। त्यस पछि मनाङ्गका ओलावाले गोलको नजीक पुगे पनि किरणले आकर्षक बचाउ गर्दै उनलाइ असफल तुल्याएका थिए । किरण खेलको म्यान अफ दम्याच घोषित भए ।

Comment