नेपाललाई टिम च्याम्पियनको उपाधि

karate team chamion
नेपालको राष्ट्रिय टोलीले भारतमा भएको कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । खेलमा नेपालले २१ स्वर्ण र २ रजत जित्न सफल भएको थियो । च्याम्पियनशिपमा नेपालको सिनियर टिमले २० स्वर्ण र १ रजत तथा जुनियर टिमले १ स्वर्ण र १ रजत जित्न सफल भएको थियो । सिनियर तर्फ २१ इभेन्ट लागि नेपाली खेलाडीले सहभागिता गरेका थिए भने जुनियरमा २ स्पर्धामा मात्र सहभागिता रहेको थियो । नेपालका लागि सिनियरमा अर्मिला डिसीले ४५ केजीमा रजत र जुनियरमा बीरवहादुर तामाङ्गले रजत जितेका थिए ।
भारतको नया दिल्ली स्थित खेल परिसर दिलशाद्् गाडेनमा आइतवार भएको महिला जुनियरको ४५ केजीमा कुसुम खड्काले स्वर्ण जितिन् । आइतवार भएको सिनियर पुरुष कुमुतेमा नेपालबाट स्वर्ण जित्नेमा ५० केजी नेपालका बिजय लामा,५५ केजीमा सोनम लामा, ६० केजीमा सुनिल लामा, ६७ केजीमा मोहन कार्की, ७५ केजीमा दिवस श्रेष्ठ, ८४ केजी मनीु भिमवहादुर तामाङ्ग र ८४ केजी माथीमा दिगम्वर पन्त रहेका छन् । महिला सिनियरतर्फ ५० केजीमा अनु अधिकारी, ५५ केजीमा मल्लिका थापा, ६१ केजीमा सनी तामाङ्ग, ६८ मुनी बिभुषा थापा र ६८ माथी रिता कार्कीले स्वर्ण जितेका थिए । च्याम्पियनशिप अन्तर्रगत काताको चारै बिद्यामा नेपालले स्वर्ण जितेको छ । एकल कातामा चन्चला दनुवार र मण्देकाजी श्रेष्ठले स्वर्ण जिते । त्यस्तै टिम कातामा महिलातर्फ सुभद्रा श्रेष्ठ,संगिता डंगोल र सुनिता लामा र पुरुषतर्फ डम्वरवहादुर आले,सुबास कार्की र सानुकुमार रुम्वाले नेपाललाई स्वर्ण दिलाका थिए ।

Comment