प्रधानमन्त्री कपमा पुलिसको प्रतिद्धन्द्धी एपीएफ

 प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले आयोजक मध्यमश्चिमाञ्चललाई हराए पछि सेमिफाईनलको प्रतिद्धन्द्धी एपीएफ पाएको छ । नेपालगंजको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई तथा एपीएफले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराए । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी सहज जित निकाल्यो । पुलिसले किशोरी खेलाडिहरुले भरिएको मध्यमश्चिमाञ्चललाई २५–११,२५–८ र २५–१८ को सेटमा हरायो । अर्को खेलमा एपीएफले नेपाल आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन दिएन् । लिग चरणका दुवै खेल जितेको एपीएफ समूह “ख” को बिजेता बन्दा एक खेल जितेको आर्मी समूह “ख”को उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पायो । साबिक बिजेता भारतको रेल्वे समूह “क”बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । भारतीय दोश्रो टिम बर्षात एशोसिएसन र आयोजक मध्यपश्चिमाञ्चलले दुवै खेलमा पराजय ब्यहोरे पछि लिग चरणबाटै बाहिरिएका छन् । बाँके जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह “क” को बिजेता रेल्वे र समूह “ख” को उपबिजेता आर्मी बीच हुनेछ । दोश्रो सेमिफाईनल खेल समूह “ख”को बिजेता एपीएफ र समूह “क” को उपबिजता पुलिस बीच हुनेछ ।

Comment