करातेकर्मीको खेल समितीलाई सहयोग


मसुरीया गाउँ खेलकुद विकास समितीलाई करातेकर्मी गजेन्द« साउदले खेल सामग्री वितरण गरेका छन् । सोमबार साउदले समितीका सदस्य राज कलेल ठकुरीलाई सामान हस्तान्त्रण गरे । उनले १६ जोर फुटबल बुट, फुटबल जर्सी सेट १२ जोर, फुटबल नेट एक सेट र फुटबल पाचँ प्रदान गरेका हुन् । सहयोग सानो रकमको भए पनि यसले आफ्नो क्षेत्रमा खेलकुदमा लाग्ने युवालाई प्रोत्साहन मिल्ने बिश्वास रहेको साउदले बताए ।

Comment