मलेसियामा नेपाली कराते खेलाडी च्याम्पियन


मलेसियामा जारी साइलेन्ट नाइट कराते प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । प्रबासी नेपाली सितेरियो कराते संघका अध्यक्ष तथा रेफ्रि योगेन्द« कोइरालाले दिएको जानकारी अनुसार एक दिन अघि कातामा काश्य जितेकी कृषा शेर्पाले नै महिला ५९ किलोमा स्वर्ण पदक जितिन्। यसैगरी, मलेसियामा रहेका नेपाली राम तामाङ्ग र कर्ण राइले काश्य पदक जितेका छन् । नेपालका एकेएफ रेफ्रि श्याम शेर्पा, विषन सिंह खड्का र योगेन्द« कोइराला एकेएफ रेफ्रिको रुपमा रहेका छन् । साथै  लक्ष्मी  क्षेत्री,दिपक बोहरा र हरिलाल थापा पनि रेफ्रिको भुमिकामा छन् । अफीसीयल नोर्ब तामाङ्ग रहेका छन् ।

Comment