विशेष खेलकुदको तयारी पूरा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ २ सय ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । त्यसमा उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ खेलाडी रहने छन् ।
३८ स्वर्ण, उत्तिनै रजत र कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने शर्माले जानकारी दिए ।

Comment