हिमालय र ग्रामर क्वाटरफाइनलमा

हिमालय इङलिस बोर्डिङ स्कुल र ग्रामर पब्लिक स्कुल प्रथम फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । हिमालयले गेट्वे एकेडेमीलाई ४०–२० ले पराजित ग¥यो । हिमालयको जितमा हरिकृष्ण थापाले १४ अंक योगदान गरे । रमन नापितको १२ अंक सहयोगमा ग्रामरले भीमेश्वर एकेडेमीलाई ४२–२८ ले हरायो । ब्वाइजकै अन्य लिग खेलमा न्यु भिजन एकेडेमीले हिमालयन विद्या मन्दिरलाई ३२–१८ तथा लाइसियम प्याराडाइसले मोनास्टिक पब्लिकलाई १७–११ ले पन्छाए । न्यु भिजनका विवेक रायमाझीले ११ तथा लाइसियमका जाभेदले १४ स्कोर गरे ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा मोनास्टिक र गेट्वे विजयी भए । मोनास्टिकले भीमेश्वरमाथि १२–११ को कठिन जित दर्ता ग¥यो । विजेताकी श्रमिता थापाले ६ अंक जोडिन् । गेट्वेले नेपाल ताराको चुनौती १८–१० ले समाप्त पा¥यो । गेट्वेकी एनी तामाङले ६ स्कोर गरिन् ।

Comment