चाल्र्स डार्विनको जित


चाल्र्स डार्विनले छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ । सानो गौचरणमा भएको उद्घाटन खेलमा चाल्र्स डार्विनले प्रारम्भलाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सुजन तामाङ, दीपराज चौलागाईं र अरुण सिंहले १–१ गोल गरे ।संस्थागत विद्यालय संघ, नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा मन्त्री श्रीपालीले विद्यालय तहबाटै प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा विद्यालय खेलकुदमा विशेष जोड दिनु पर्ने बताए ।ईशानका अध्यक्ष बालमुकुन्द कार्कीले विद्यार्थीलाई खेलकुदमा रुची जगाउन र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले विगत ६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए । साताव्यापी नकआउट प्रतियोगिताको ब्वाइजमा २५ तथा गल्र्समा १० गरी ३५ टिम सहभागी छन् । ब्वाइजमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र गल्र्समा श्रमज्योति डिफेन्डिङ च्याम्पियन हुन् ।

Comment