क्षेत्र नं. १ को राष्ट्रपति रनिङ सिल्ड सुरु


काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाडौं निर्वाचन क्षेत्र नं. १ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा सुरु भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीतर्फ प्रतिस्पर्धा भइरहेको छ । दुईदिने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे ।
काठमाडौंमा निर्वाचन क्षेत्र नं. २, ७, १० र ६ मा प्रतियोगिता सम्पन्न भइसकेको र बाँकी ६ क्षेत्रमा मंगलबारसम्म प्रतियोगिता सम्पन्न हुने आयोजक समितिका सचिव लीलाराम बस्नेतले जनाएका छन् ।

Comment