मैत्रीपूर्ण रेस्लिङ पोखरामा


नेपाल रिङ रेस्लिङ संघको आयोजनामा नेपाल–भारत मैत्रीपूर्ण रेस्लिङ बुधबारदेखि पोखरामा सुरु हुँदैछ । चारदिनसम्म चल्ने रेस्लिङमा नेपालबाट ७ र भारतबाट ८ रेस्लर सहभागी हुने आयोजक संघकी महासचिव एवं कार्यक्रम संयोजक सुवर्ण श्रेष्ठले जानकारी गराइन् । भारतीय टोली आइतबारै काठमाडौं आइसकेको छ ।
नेपालबाट नुवाकोटे टाइगर, युभ, सागर, म्याक्स म्यान, लिजार्ड, सुनीता थापा र कुवेर केसीले भाग लिने छन् । भारतबाट मनीष, आरडिएक्स, डेनी, निल, ज्याक ह्मर, ज्याक, फ्लेस र रोकीले प्रतिस्पर्धा गर्नेछन् ।

Comment