रेलवे, आर्मी र एपिएफ सेमिफाइनलमा


नेपालगन्ज । साविक विजेता रेलवे टिमइ इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेकाछन् । प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा२५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसिएसनलाई सोझो सेटमा २५–१७, २५–१९, २५– १७ ले हरायो । प्रतियोगिता अन्तर्गत सोमवार नेपाल पुलिस क्लब र आयोजक मध्यपश्चिम तथा एपिएफ र आर्मी विच खेल हुने छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

Comment