काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्डको फाइनल मड्डलबार

पोखरा
फिमला क्लब, एलजी पुन मगर समाज लामाचौर, दूधपोखरी ए बी पोखरामा जारी प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
काजीपोखरी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा क्लबकै बास्कटेबल मैदानमा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा दूधपोखरी बी ले काजीपोखरी युथ क्लब डी लाई ६६–४० ले पराजित ग¥यो। सो खेलमा दूधपोखरी बी का लागि डिल्लीजंग गुरुङले सर्वाधिक २४ स्कोर गरेका थिए।
दोस्रो खेलमा दूधपोखरी ए ले माउण्ट अन्नपूर्ण उमाविलाई ७१–५२ ले हरायो। सो खेलमा दूधपोखरी ए का विजय गुरुङले सर्वाधिक २२ स्कोर गरेका थिए।
तेस्रो खेलमा फिमला क्लबले शिख गाविस म्याग्दीको चुनौती ८३–६७ ले पन्छायो। सो खेलमा फिमलाका किरण पुनले सर्वाधिक ४१ स्कोर गरेका थिए।
चौथो खेलमा लालीगुराँस पुन मगर समाज लामाचौरले रामबजार पुन समाजलाई ७९–५५ ले पराजित ग¥यो। सोखेलमा रामबजार पुन समाजका सन्देश पुनले सर्वाधिक २० तथा लालीगुराँस पुन मगर समाजका खुम पुनले सर्वाधिक १६ स्कोर गरेका थिए।
यसअघि भएको खेलमा लालीगुराँस पुनमगर समाजले सशस्त्र प्रहरी बलको एपीएफ लामापाटनलाई ६३–३३ को फराकिलोअन्तरले पराजित गरेको थियो। सोखेलमा एलजी पुन मगर समाजका खुम पुनले सर्वाधिक १६ स्कोर गरेका थिए।
अर्को खेलमा फिमला क्लबले टिआईएविरुद्ध ५१–५० को कठिन जीत हात पारेको थियो। सो खेलमा टिआईभएका अजय नोपलीले सर्वाधिक २४ तथा फिमलाका सुमन पुनले सर्वाधिक १९ स्कोर गरेका थिए।
यस्तै अन्तिम प्रिक्वाटरफाइनल खेलमा रामबजार पुन समाजले आयोजक काजीपोखरी युथ क्लब सी लाई ६६–५७ ले हरायो। सो खेलमा काजीपोखरी सी का युवराज गुरुङले सर्वाधिक १६ तथा रामजबारका नवराज पुनले सर्वाधिक १४ स्कोर गरेको क्लबका कोषाध्यक्ष सूर्यबहादुर केसीले जानकारी दिए।
मड्डलबार दूधपोखरी ए र फिमला क्लबबीच बिहान आठ बजे पहिलो तथा दूधपोखरी बी र एलजी पुन मगर समाजबीच नौ बजे दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनल खेल तथापुरस्कार वितरण कार्यक्रम दिउँसो एक बजे हुने क्लबका सचिव एवं खेल संयोजक दीपक कुमार गुरुङले जानकारी दिए।
क्लबका सदस्य रजत गुरुङको स्मृतिमा राखिएको सो प्रतियोगितामा २२ टीमको सहभागिता रहेको छ। विजेता टीमलाई नगद ३५ हजार, रनिङशिल्ड तथा उपविजेतालाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर र हाइस्कोररलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले जानकारी दिए।

Comment