मानसिंह टिम च्याम्पियन

दोश्रो धनबहादुर महर्जन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगितामा मानसिंह डोजो शनिबार टिम च्याम्पियन बनेको छ । मानसिंहले ७ स्वर्ण, ६ रजत र १ कांस्य जित्यो । धनबहादुर महर्जन खेलकुद प्रतिष्ठानको आयोजनामा बोसीगाउँमा भएको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ नरहरिपुर डोजो दोश्रो भयो । ३ स्वर्ण, २ रजत र १ कांस्यसाथ भक्तपुरले तेश्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको पुरुषमा नरहरिपुरका प्रणील मानन्धर तथा महिलामा भक्तपुरकी पुर्णिमा राना मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २ सय ७५ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment