पुलिसलाई बुढासुब्बा गोल्डकपको उपाधि

नेपाल पुलिस क्लबले १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनीबार भएको फाइनलमा पुलिसले सकटाक्लबलाइ सडनडेथमा पराजित ग¥यो । यस अघि निर्धारित समयमा खेलमा १–१ गोलको बरारबी भएको थियो । २८ औ मिनेटमा राज पौडेलको गोलमा संकटाले अग्रता लीए पनि पुलिस क्लबक लागि ८० औ मिनेटमा जमनु राइले गोल गरे । पहिलो पाच पेनाल्टी प्रहारमा ३–३ गोलको बराबरी भएको थियो । संकटाका अनिल गुरुङ्ग, सुसील केसी र अमित तामाङ्गले गोल गरेका थिए । राज पौडेल र मार्टीनको प्रहार खेर गएको थियो । पुलिसका तेज तामाङ्ग, जुमनु राइ अभिषेक रिजालले गोल गरे । अजित भण्डारी र बुद्ध लामा गोल गर्न असफल रहे ।

Comment