संगम र विशाल सेमिफाइनलमा


आयोजक नेशनल युनाईटेडका संगम तामाङ्ग र चिल्ड्रेन मोडलका विशाल तामाङ्ग छैटौं नेशनल युनाईटेड उपत्यकाब्यापी गोजु–काई कराते प्रतियोगिता २०७३ को २० केजी तौल समूहमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै सोहि समूहमा नवज्ञान भूमिका दिपेश थापा पनि सेमिमा पुगेका छन् ।
नेशनल युनाईटेड हात्तिगौंडाको आयोजनामा भएको प्रतियोगिताको २५ केजी तौल समुहमा आयोजक नेसनल युनाइटेडका अनिश अमात्य र रोहन महर्जन तथा अनमोल ज्योतिका सुशान्त खड्का सेमिफाइनलमा प्रबेश गरे । ३० केजी तौल समुहमा नेसनल युनाइटेडका प्रतीक श्रेष्ठ, जगतमन्दिरका निरज उप्रेती, नेसनल डोजोका रोहन बराम र गणेश डोजोका नयन मगर सेमिफाइनलमा प्रबेश गरे । ३५ केजी तौल समुहमा विनायक स्कुलका युवराज मगर, लुम्बिनी बिगिनर्सका रसिक पौड्याल, गणेश डोजोका दिनम खड्का र मित्रपार्क डोजोका सजित श्रेष्ठ तथा ४० केजी तौल समुहमा नेसनल युनाइटेडका जोनिस श्रेष्ठ र सुशान्त केसी, अनमोल ज्योतिका ईश्वर बस्नेत र बाल नमुनाका रोहित भुषाल सेफिाइनलमा प्रवेश गरेका छन् ।
आयोजकको आफ्नै प्राङ्गणमा भएको प्रतियोगिताको महिलातर्फको २० केजी तौल समुहमा नेसनल युनाइटेडकी स्मृती लामा र नवज्ञानभूमीकी सुस्मिता लामा सेफिाइनलमा प्रवेश गरे । ४५ केजी तौल समुहमा नेसनल युनाइटेडकी सुस्मिता राई, चिल्ड्रेन्स मोडेलकी सिमा घर्ती र संगिता तामाङ्ग, तथा गोल्डेन पिककी युनिसा राई तथा ५० केजी तौल समुहमा चिल्ड्रेन्स मोडेलकी थोप्तेन डिकी लामा र बाल कुमारी थामी तथा अनमोल ज्योतिकी पुष्पा श्रीष सेफिाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
प्रतियोगिताको शनिबार एक कार्यक्रमविच प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अर्जुन बहादुर के.सी. तथा विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्घिक क्षमताको विकास गराउनका लागि यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ । उपत्यकाका २५ विद्यालय तथा डोजोका ३०० खेलाडीहरूले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा समग्रमा प्रथम, द्वितीय र तृतीय हुने टिमले ट्रफी चुम्नेछन् भने उत्कृष्ट पुरुष र महिला खेलाडीले समेत ट्रफी प्राप्त गर्नेछन् ।

Comment