महर्षि दौडमा गोपाल र अञ्जनी विजयी


बाँसबारी स्कुलका गोपाल तामाङ्ग छात्र र प्रोलिफिक स्कुलकी अञ्जनी पोखरेल छात्रा तर्फ दोश्रो महर्षि अन्तर स्कुल दौडमा शनिबार प्रथम स्थान हात पार्न सफल भएका छन् । सामाखुसीस्थित महर्षि स्कुलको बार्षिकोत्सवको अवसरमा आयोजना गरिएकोे ५ कि.मि.दौड गोपालले १६ मि. ३० सेकेन्डमा र अञ्जनीले २१ मि. ३८ सेकेन्डमा पुरा गरे । छात्र तर्फ दोश्रो स्थानमा रहेका प्रोलिफिकका निशान खड्काले १६ मि. ३२ सेकेन्डमा र तेश्रो स्थानमा रहेका आयोजक महर्षि स्कुलका बिवश घलेले १६ मि. ३५ सेकेन्डमा दूरी पुरा गरे ।
छात्रा तर्फ दोश्रो र तेश्रो स्थानमा रहेका गुरुकुल स्कुलका प्रिती तामाङ्ग र सोनु गुरुङ्गले क्रमशः २२ मि. १९ सेकेन्ड र २२ मि. ५७ सेकेन्डमा दूरी पुरा गरे । विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २२ स्कुलका छात्र तर्फ १६२ र छात्रा तर्फ ५३ गरि कुल २१५ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिबहादुर थापा मगरले जानकारी गराए ।
१६ बर्ष मुनीका बिद्यार्थी खेलाडीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता आयोजक महर्षि स्कुल प्राङ्गणबाट सुरु भई विभिन्न स्थानको दौड पश्चात स्कुलमै आई सम्पन्न भएको थियो । विजयी खेलाडीहरुलाई बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश चन्द्र दवाडी, प्रिन्सिपल हरि प्रसाद देवकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment