रितिज र निकितालाई स्वर्ण

लिभरपुलका रितिज जोशी र ललितपुरकी निकिता कस्तीले मदन भण्डारी स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पुरुष सिंगल्स फाइनलमा रितिजले एपीएफका जयराम महर्जनलाई ३–२ ले पराजित गरे । ललितपुरका विपुल महर्जन तेश्रो भए । महिला सिंगल्स फाइनलमा निकिताले भक्तपुरकी अन्जु सुवाललाई ३–१ ले हराइन् । आदर्श विद्या मन्दिर (एभीएम) की लस्ता महर्जन तेश्रो भइन् ।
नक्साल टेबलटेनिस क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सह–आयोजनामा भएको एकदिने प्रतियोगिताका विजेतालाई मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले पुरस्कार वितरण गरिन् ।

Comment