किक बक्सिङमा पुनः लोकेन्द्र


नेसनल किक बक्सिङ एसोसिएसन नेपालको साधारणसभाले लोकेन्द्रबहादुर कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा निरन्तरता दिदै १८ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।पाँच उपाध्यक्षमा अनिलशंकर गिरी, सुदर्शन गिरी, सन्तोष श्रेष्ठ, विमल खडायत र हरि विष्ट, महासचिवमा दीपक श्रेष्ठ, सचिवमा उत्तम श्रेष्ठ र कोषाध्यक्षमा अर्जुनबहादुर श्रेष्ठ छन् ।सुनिता श्रेष्ठ, राजु श्रेष्ठ, राजुराजा शाही, बाबुराजा श्रेष्ठ, प्रदीप श्रेष्ठ, रमेश चौधरी, कृष्णराज गिरी, निर्मलकुमार मस्र्याङ्गी र रमेश नेपाली सदस्यमा चयन भए ।
साधारणसभाको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतले शपथ खुवाउनुका साथै प्रमाण पत्र प्रदान गरे । साधारणसभामा केन्द्र र जिल्लाका गरी जम्मा ७८ प्रतिनिधि सहभागी भएको बताइएको छ । शनिबारै संघले सञ्चालन गरेको चारदिने सेमिनार पनि सम्पन्न भएको छ ।

Comment