रेलवे र एपिएफको विजयी सुरुआत

नेपालगन्ज ः साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेको छन् । पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एशोसिएसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो ।
पराजित नेपाल पुलिस क्लबका प्रशिक्षक भरत शाहले नयाँ खेलाडी भएकोले भारतीय टोलीलाई कडा चुनौति दिन नसकेको बताए । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य महेश क्षेत्रीलाई मन्त्री श्रीपालीले सम्मान गरे । १८ फागुनसम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टोलीसहित नेपालको चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छन् ।
बाँके जिल्ला भलिबल संघको आयोजनामामा भैरहेकोे प्रतियोगितामा नेपालगन्ज रंगशालाको कभर्ड हलमा भैरहेको छ । प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली बर्षात एशोसिएसन, एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको समुह ए मा रेलवे टिम इन्डिया, नेपाल पुलिस र आयोजक मध्यपश्चिम, समुह बी मा एपिएफ, बर्षात एशोसिएसन र त्रिभुवन आर्मी क्लब रहेको छन । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

Comment