नेपाली टेनिस टोली सेमिफाइनलमा

nepali team at doha
काजकिस्तानसंगको खेलमा २–१ को जित हात पार्दै नेपाल पहिलो पटक एसियन जुनियर टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । कतारको दोहामा जोरी प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो हुदै समुह एबाट सेमिफाइनमा प्रबेश गरेका हुन् ।
प्रशिक्षक सुर्य भुषण बज्राचार्यले दिएको जानकारी अनुसार संरक्षक भुषण बज्राचार्यले जित हात पारे भने रेन्जन लामा पराजित भएका थिए । संरक्षक र रेन्जनको जोडी विजयी भए पछि नेपालको अघिल्लो चरणको यात्रा खुला भएको हो ।

Comment