सन्देश फाइनलमा


काभ्रे मुवाथाई क्लबका सन्देश मानन्धर प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ७५ केजीमुनि तौलसमूहमा सन्देशले सातदोबाटो मुवाथाईका लसी तामाङलाई पराजित गरे । उनले फाइनलमा वाइ पाएर सोझै फाइनल पुगेका सातदोबाटोका रविन राणा विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ६० केजीमुनि केन्द्रीय मुवाथाई संघका विवेक गदालले न्यु प्लाजा क्लबका ऋतिक मगैयालाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ७० केजीमुनि एपीएफ क्लबका रुपक नेपाली, काभ्रेका सनिल रन्जित, रेज फिट्नेसका निशिप बराइली तथा राष्ट्रिय किक बक्सिङ र क्योकुसिन बुदोकाइ संघका अतुल श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे ।
नेपाल राष्ट्रिय मुवाथाई संघद्वारा आयोजित प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा १ गरी ७ स्पर्धा समावेश छन् । ४० पुरुष र ४ महिला खेलाडी सहभागी छन् ।

 

Comment