गोजु काइ कराते शनिबारदेखि

नेसनल युनाईटेड स्कुल हात्तीगौंडाको आयोजनामा “छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३” शनिबार देखि हुने भएको छ । आयोजकको प्राङ्गणमा फागुन १४ र १५ गते हुने प्रतियोगितामा उपत्यकाका २५ बिद्यालयका २०० खेलाडीहरुले १९ स्वर्ण पदककका लागि प्रतिस्पर्धा गर्ने स्कुलका प्रिन्सिपल एच.बि.हमालले जनाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० केजी तथा खुल्ला समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । समग्रमा प्रथम, द्वितीय र तृतीय हुने टिमले ट्रफी चुम्नेछन् भने उत्कृष्ट पुरुष र महिला खेलाडीले समेत ट्रफी प्राप्त गर्नेछन् ।
विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्घिक क्षमताको विकासका लागि यस्ता खेलकुद कार्यक्रमहरू आयोजना गर्ने गरिएको प्रिन्सिपल हमाले जानकारी गराए ।

Comment