फिजम कप बास्केटबल शनीबारदेखि


संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) को आयोजनामा प्रथम फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ८ गरी जम्मा २० टिमको सहभागिता रहने फिजमका सचिव अमृतकुमार खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूह र गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने गल्र्सको समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् । ब्वाइजमा दीपिका स्कुल, भीमेश्वर एकेडेमी, ग्रामर पब्लिक, न्यु भिजन एकेडेमी, जेनिअम नेसनल एकेडेमी, हिमालय विद्या मन्दिर, गेट्वे एकेडेमी, नेपाल तारा स्कुल, हिमालयन इङलिस बोर्डिङ स्कुल, मोनास्टिक पब्लिक, लाइसियम प्याराडाइस र स्वर्णिम तारा विद्या सदनले भाग लिने छन् । गल्र्समा सहभागी हुने टिममा भीमेश्वर, मोनास्टिक, ग्रामर, लाइसियम, हिमालयन, न्यु भिजन, नेपाल तारा र गेट्वे छन् । सहभागी सबै टिम फिजममा आबद्ध विद्यालयहरु हुन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने न्यु भिजनका भाइस प्रिन्सिपल चन्द्रविनोद भट्टराईले बताए । आठदिने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित न्यु भिजनको कोर्टमा हुनेछ ।
फिजमका सचिव खड्काले विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सहयोग पु¥याउने उद्देश्यलले फिजमले विभिन्न अत्तिरिक्त क्रियाकलापमा जोड दिदै आइरहेको बताए । उनले विगतमा फुटबल, कबड्डी, टेबलटेनिसलगायतका प्रतियोगिता आयोजना गर्दै आइरहेकोमा पहिलोपटक बास्केटबल आयोजना गर्न लागेको जानकारी दिए ।

Comment