बाल गीताञ्जलीलाई उपाधि


काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बाल गीताञ्जली स्कुलले जितेको छ । गीताञ्जली सर्वाधिक २ सय ११ अंक जोड्दै च्याम्पियन बन्यो । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा गेट्वे एकेडेमी दोश्रो तथा विद्या विकास तेश्रो भए । गेट्वेले १ सय ७३ तथा विद्या विकासले ९२ अंक जोडे ।कबड्डीको छात्रमा गेट्वे पहिलो, भीमेश्वर दोश्रो तथा गुह्येश्वरी र ग्लोबल तेश्रो भए । सो स्पर्धाको छात्रामा कोटदेवी पब्लिक स्कुल पहिलो, भीमेश्वर दोश्रो तथा गेट्वे र गुह्येश्वरी तेश्रो स्थानमा रहे ।
भलिबलको छात्रमा गान्धी स्कुलले उपाधि जित्यो । गुह्येश्वरी दोश्रो भयो भने विद्या विकास र ग्लोबलले तेश्रो स्थान हात पारे । भलिबलकै छात्रामा पनि गान्धीले नै उपाधि हात पा¥यो । गीताञ्जली दोश्रो तथा गेट्वे र ग्लोबल तेश्रो भए ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, काठमाडौं जिल्ला खेलकुद विकास समितिकी सदस्य दीपा वनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पेप्सीकोलास्थित टाउन प्लानिङ मैदानमा भएको दुईदिने प्रतियोगितामा विभिन्न २७ विद्यालयका ४ सय खेलाडीले एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा गरेका थिए ।

Comment