शिशिर र खानको हार तीन खेलाडी शुक्रबार खेल्दै


संयुक्त अरब इमिरेट्समा जारी पाचौ फूजैराह अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा ५८ किलो तौल समुहमा शिशिर श्रेष्ठ र जुनियर ४८ किलो तौल समुहमा मोहम्मद उमर खानले पराजयको सामना गरेका छन् । बिहिबार सम्पन्न खेलमा शिशिरले फ्रान्स तथा खानले जोर्डनका खेलाडीसंग हार ब्यहोरे । शुक्रबार ५३ किलोमा सुस्मा थापा तथा ७४ किलोमा सुदिप गीरी र ४६ किलोमा अनुपा तामाङ्गले प्रतिस्पर्धा गर्ने छन् ।

Comment