रुकेश र प्रफुल्ल तेश्रो

नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार तेश्रो भएका छन् । उक्त जोडीले विशालनगरका रविन्द्र गुरुङ र रन्जिव राणाको जोडीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गरे ।
किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ । कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी तथा देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडीबीच उपाधि भिडन्त हुनेछ ।

Comment