जेभियरलाई दोहोरो उपाधि


जेभियर इन्टरनेसनल कलेजले दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले एसियन कलेजलाई ४९–४० ले पराजित ग¥यो । जेभियरको जितमा विनेश न्यौपानेले १८ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १३–११ को अग्रता लिएको जेभियर दोश्रोमा ८–१० ले पछि प¥यो । जेभियरले तेश्रोमा १०–७ र चौथोमा १८–१२ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो ।गल्र्सको उपाधि भिडन्तमा जेभियरले सेन्ट जेभियर्सलाई २४–७ ले सहजै हरायो । जेभियरकी शान्ति श्रेष्ठले १२ अंक जोडिन् । सुरुको दुई क्वाटरमा ७–५ र १३–० ले अगाडि बढेको जेभियर तेश्रोमा २–२ को बराबरीमा रोकियो । चौथो क्वाटरमा जेभियरले २ अंक जोड्दा सेन्ट जेभियर्स शून्यको स्थिति रह्यो ।
ट्रफीसंगै दुवै समूहका विजेताले समान १८ हजार र उपविजेताले समान १२ हजार नगद पुरस्कार हात पारे । ब्वाइजमा कुन्खेन थिङ लामा र गल्र्समा शान्ति श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जेभियरका दुवैले समान ३ हजार नगद पुरस्कार पाए ।
विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ र क्वेस्टका प्रिन्सिपल काशीनाथ खनालले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १३ तथा गल्र्समा ४ टिम सहभागी थिए ।

Comment