दीलिप स्मृति तेक्वान्दो हुने

दीलिप स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता फागुन २१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ११ र महिलामा ४ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
त्रिपुरेश्वरमा हुने दुईदिने प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय २५ खेलाडी सहभागी हुने बताइएको छ । तेक्वान्दो खेलाडी दीलिप खत्रीको २ वर्षअघि अल्पायुमा निधन भएको थियो ।

Comment