साउथ एशियन खुला कराते च्याम्पियनशिप शुरु

anju
भारतको नया दिल्ली स्थित खेल परिसर ताहिरपुर,दिलशाद्् गाडेनमा शनिवार देखि साउथ एशियन खुला कराते च्याम्पियनशिप शुरु भएको छ । च्याम्पियनशिपमा पहिलो दिन जुनियरतर्फका खेलहरु प्रारम्भ भएका छन् । नेपाल, भारत,भुटान र अफगानस्थानको टिमले सहभागिता रहने भनिए पनि अफगानस्थानको टिम भिसाका कारणले सहभागिता जनाउन नसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालका पुरुष तथा महिला खेलाडीले टिम काताको प्रर्दर्शन खेल देखाका थिए ।

Comment