अफगानी टोलीसंग मनाङ्गको हार

शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल प्रतयोगिताको समुह चरणको दोश्रो खेलमा नेपालको मनाङ्ग मस्र्याङ्गदी क्लबले हारको सामना गरेको छ । बंगलादेश स्थित चट्गाउँको एमए अजिज रंगशालामा बुधबार भएको खेलमा अफगानी क्लब साहेन अस्माय एफसीले नेपाली क्लबलाई ३–१ ले पराजित ग¥यो । सुरुवात देखि प्रभावकारी रहेको साहेनले ३८ औ मिनेटमा अमिरुदीन सरीफीले गोल गरे । ६५ औ मिनेटमा प्रत्याक्रमणमा पाएको थु्र पासलाई उपयोग गर्दै सरिफीले नै दोश्रो गोल गरे । मनाङ्गले ७३ औ मिनेटमा गोल अन्तर घटाएको थियो ।
विराज मर्हजनको स्थानमा पाच मिनेट अघि मात्र मैदान प्रबेश गरेका विमल बस्नेतले सुजल श्रेष्ठको कर्नरमा हेड गोलगरे । त्यसको लगत्तै सरिफीले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

Comment