अनिल र महेश फाइनलमा

देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा विजेता जोडीले विशालनगरका रविन्द्र गुरुङ र रन्जिव राणाको जोडीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गरे । फाइनलमा अनिल र महेशको भेट कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी संग हुनेछ ।

Comment